बिरगंजमा सरकारविरुद्ध युवाहरुको प्रदर्शन

21

सन्तोष रंजितकार,

बिरगंज ।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सङ्घीय सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा वीरगंजमा युवाहरूले विराेध प्रदर्शन गरेका छन् । विभिन्न पेशामा आबद्ध युवाहरूकाे सक्रियतामा बिहीबार वीरगंजमा विराेध प्रदर्शन गरिएकाे छ ।

सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिड्न दवाब दिन बिरगंजका युवाहरु सडकमा उत्रेका हुन् ।

बिरगंज घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । युवाहरुलाई घण्टाघर जमघट हुन नदिए पछि उनीहरु बिरगंज आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोक सम्म पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै बसेर केही समय विरोधका नारा गरेका थिए ।

पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै ? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए । ८० दिनसम्म लकडाउन हुँदा पनि तिब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएपछि सरकारको चौतर्फी विरोध सुरु भएको छ । वीरगञ्जका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुको सहभागिता रहेको थियो ।