शिवम बचतद्वारा महानगरपालिकालाई सहयोग

28

बिरगंज , जेष्ठ २८ ।

बिरगंज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा शिवम बचत ताथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ ।

महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप संस्थाले एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।

शिवम बचत ताथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवजी प्रसादको नेतृत्वमा गएको टोलीले महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो ।