थप ४४८ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या ५०६२ पुग्यो

16

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ४४८ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।  यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ५०६२ पुगेको छ ।

तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।