नेता रुङ्ग्टाद्वारा स्वास्थ्य समाग्री वितरण

18

बिरगंज :-

नेपाली काङ्ग्रेसका नेता एवं पुर्व संविधान सभा सदस्य अनिल रुङ्ग्टालेे पर्साको वर्थिङ्ग सेन्टरलाई स्वास्थ्य समाग्री वितरण गराएका छन् ।

नेता रुगंटाले शुक्रबार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी पर्साको नारायणी अस्पताल, बागेश्वरी, वागवाना, बहडी र बहुदरमाई नगरपालिकाको विश्रामपुरमा रहेको प्राथमिक स्वास्थ्य चौकीहरुको वर्थिङ्ग सेन्टरको लागि स्वास्थ्य समाग्री उपलब्ध गराएका हुन् ।

कोराेना भाईरसको कारणले गर्दा जुन सुरक्षा अपनाईरहेका छौ त्यो सुरक्षा आउँने दिनमा अपनाउनु पर्ने भएकोले हामीलाई अहिले नै सजक बनाएको छ, नेता रुगंटाले भने, ‘अन्य कुनै रोग वा भाईरसबाट बच्नको लागि यसै प्रकारले सुरक्षा अपनाएर अगाडी बढ्नु पर्ने बानी बसाल्नुपर्छ ।’

सुरक्षित मातृत्व सञ्जाल महासंघले उपलब्ध गराएको स्वास्थ्य समाग्री नेता रुगंटाले नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह, बागेश्वरी तित्रौना प्राथमिक स्वास्थय चौकीका ईन्चार्ज चन्द्रशेखर चौधरी, वागवाना स्वास्थ्य चौकीका प्रदीप कुमार चौरसिया, वगही स्वास्थ्य चौकीका नागेन्द्र ठाकुर र बहुदरमाई नगरपालिकाका नितेन्द्र साहलाई स्वास्थ्य समाग्री उपलब्ध गराईएको हो ।

उपलब्ध गराईएको स्वास्थ्य समाग्रीमा पी.पी.ई ड्रेस ८ सेट, सेनेटाईजर, थरमल गन, पन्जा, एन ९५ मास्क, बुट, साबुन, स्यानेटरी प्याड, पेपर मास्क रहेको छ । स्वास्थ्य समाग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण रौनियार, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतको उपस्थिती रहेको थियो ।