विभिन्न बैंकहरुद्वारा महानगर विपत कोषमा आर्थिक सहयोग

51

सन्तोष रंजितकार,
बिरगंज , जेष्ठ ३०।

बिरगंज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा शुक्रबार बिरगंजका विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् ।

महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकहरुले बिरगंज महानगरपालिका मेयर बिजय कुमार सरावगी रको कार्यकक्षमा पुगी नबिल बैंक बिरगंज शाखा ले रु.३ लाख, सिद्धार्थ बैंक बिरगंज शाखाले रु.१ लाख,सनराइज बैंक बिरगंज शाखाले रु.१ लाख र प्राइम बैंक बिरगंज शाखाले रु.१ लाख को चेक हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका अधिकारीहरुले महानगरपालिकाद्वारा सुरु गरिएको अभियानमा सबै मिलेर अगाडी बढे अभियानलाई सार्थकता पाउने बताए ।

त्यसैगरी मेयर सरावगीले बैंकका अधिकारीलाई धन्यवाद दिँदै छिटै नै पिसिआर मेसिनबाट नगरमा परीक्षण सुरु हुने जानकारी दिए ।