मृत्यु भएका पाँच वर्षीय बालकमा काेराेना पुष्टि

19

सन्तोष रंजितकार,
बिरगंज, जेष्ठ ३१।
उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निमोनिया र उच्च ज्वरो आएपछि उनका परिवारजनले शुक्रबार उपचार गराउन ल्याएका बालकको साँझ पखनै मृत्यु भएको थियो । निमोनियाका कारण बालकको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

ती बालकको उपचार क्रममा अस्पतालले गरेको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि नारायणी अस्पतालका चिकित्सकहरुलाई बोलाइएको थियो ।

त्यहाँबाट आएका चिकित्सकहरुले पनि गरेको आरडीटी परीक्षणमा बालकको पोजेटिभ रिपोर्ट आएपछि उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि लगिएको थियो ।

नारायणी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी गराएका थिए भने मृतक बालक को शब लाई नेपाली सेना को टोली ले संक्रमण फैलिन न दिन को निमित्त आफ्नो निग्रानी मा लिएका खटिएका एक सेना ले जानकारी गराए।