युवा वचन संस्थाद्वारा रक्तदान

14

सन्तोष रंजितकार,
बिरगंज जेष्ठ ३१।

युवा वचन संस्थाद्वारा आयोजित  आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको  महामारीले गर्दा  समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकाहरुलाई रक्तको अभाव नहोस भनी शनिबार आदर्शनगर को होटेल सुरजको खुला सडक पेटीमा आकस्मिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

युवा वचन कल्बले तेस्रो बर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको र बिश्व रक्त दान दिवसको शुभ अवसरमा पारी युवा वचन कल्ब पर्साद्वारा आयोजना गरिएको बिरगंज महानगरपालिकाको सहयोग र केही समाजिक संघ संस्था संग हाथो मालो गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको हो। युवा वचन कल्बका अध्यक्ष पियुस कादमियाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सरोज प्रजापती, धनेश्वर यादव, बिकी साह तेली, बिबेक कुमार गुप्ता, उमेश गुप्ता, बिजय जैसबाल, रोशन कर्ण, शोनी जैसवाल, गिरिजा देबीलागायत २ महिलासहित १२५ जानाले रक्तदान रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी रहेका थिए। उनले अहिलेको स्थितिमा बाहिरबाट रगत उपलब्ध गराइ रेड्क्रसले बिरामीहरुलाइ दिदै आएको र अहिलेको अवस्थामा युवाहरुको कार्यप्रती अभार ब्यक्त गर्दै कोरोनाको त्रास रहदा रहदै पनि रोगको माथी छ भन्न नसकिने आफू पनि बचौउ र अरु लाई पनि बचाउ तर सामाजिक दुरी कायम गरि रक्तदाताहरु लाई रक्तदान गर्न समेत आग्रह गरेका थिए।

सो रक्तदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालय का साहयक जिल्ला अधिकारी ललित कुमार बस्नेत,बिरगंज उधोगवाणिज्य संघ का अध्यक्ष गोपाल केडिया,बिरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पण्डित, बिपत ब्यवस्थापनका प्रहरी निरीक्षक सरोज प्रजापति, भद्रभलाद्मी स्थानीय विभिन्न सहयोगी संघ संस्था लगायत सन्चारकर्मीको सहभागीता रहेको थियो।