खाद्यान्न सहयोग

10
सन्तोष रंजितकार,
बिरगंज , जेष्ठ ३२।
बिरगंज पब्लिक कलेजमा संचालित निशुल्क भोजन सेवामा बिभिन्न बैंक,बिमा, उधोगहरुमा कार्यरत बिरगंज पब्लिक कलेजका बिधार्थीहरुद्वारा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको थियो ।
बिरगंज पब्लिक कलेजमा पुगि कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यलाई चामल ८ बोरा,दाल ३५केजि,तेल१० लिटर , सवायविन १ बोरा,नुन २० पाकेट, अण्डा १कारेट, पेपर प्लेट१०००, पेपर पानी ग्लास १०००, ,आलु प्याज ३ बोरा र नगद रु.५०१५ /-र ५ लिटर सेनटराइज गर्ने केमिकलको सहयोग गरेको थियो ।
डा. शाक्यले यस्तो बिपदको बेला कलेजका विद्यार्थीहरुले सहयोग गरेको खुशी हुदै सबैलाई धन्यवाद दिनु भएको थियो ।