थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

15

काठमाडौं । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४२५ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३७५ पुरुष र ५० महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

यो संगै कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।