पर्सामा थप १७ जना कोरोना संक्रमित

26

बिरगंज।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा १७ जना नै पर्सा जिल्लाका रहेका छन् ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए ।

संक्रमित हुँनेहरूमा पोखरीया कारेन्टाइनका १० , बिन्दवासनी कारेन्टाइनका २ , जिराभवानी कारेन्टाइनका १ , धोबीनी कारेन्टाइनका १ , पर्सागढी कारेन्टाइनका १ र पटेर्वा सुगौली क्वारेन्टाइनका २ जनामा कोभिड-१९ संक्रमित पुष्टी भएका हुँन् ।
१७ जनामा पुरुष १४ जना र महिला ३ जना रहेका छन् ।
पर्सा जिल्लामा ३६ कारेन्टाइन केन्द्रमा एक हजार ६ सय ७२ पुरुष र एक सय सात जना महिला गरी एक हजार सात सय ७९ जना रहेका छन् ।