बिश्व रक्तदाता दिवसको अवसरमा दीप प्रज्वलन

16
सन्तोष रंजितकार,
बिरगंज, जेष्ठ ३२ ।
विश्व भरि नै १४ जुनका दिन विभिन्न समयमा रक्तदान गर्ने रक्तदाता एवं कार्यक्रम आयोजना गर्ने संस्थाहरुको योगदानको कदर स्वरुप मनाउने गर्दै आएको बिश्व रक्तदाता दिवसको अवसरमा दीप प्रज्वलन गरि मनाइएको छ । विश्व भरी नै महामारीको रुपमा फैलिरहेको कोरोना रोग को त्रास लाई ध्यानमा राखी सामाजिक दुरिको कायम गरी एवं माक्सको अनिवार्य प्रयोग गरि आफ्नो र आफ्नो परिवारका समेत ध्यान राख्नको लागि को कार्यक्रममा जोड दिइएको हो।
विश्व रक्तदाता दिवस ब्लड डोनर्स एसोसिएसन नेपाल, पर्साका सचीव अरबिन्द सिंह को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्र्स सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कंडेलले रक्तदान कार्यक्रममा उल्लेखनीय भुमिका खेल्दै आएका साथै रेडक्र्सलाइ विभिन्न सेवामुलक कार्यमा समेत समन्वय गरि सहयोग गर्दै रगतको मागलाइ पुर्ती गर्दै आएकोमा एसोसिएसनका सम्पुर्ण निकाय एवं सदस्यहरुमा रेडक्रस पर्साको तर्फबाट हार्दिक धन्यवाद एवं दिवसको शुभकामना व्यक्त गर्दै दिपप्रजवलन गरि कार्यक्रमको उदघाटन गरे ।
सोहि कार्यक्रम विशिष्ट अतिथीको रुपमा नेपाल पत्रकार महासंघ का अध्यक्ष श्याम बन्जाराले यस बन्दाबन्दी एवं कोरोना महामारीको समयमा पनि रगतको कमि हुन नदिएको यस एसोसिएसन र रेडक्र्सको यात्रा निकै स्रहानिय रहेको एवं रेडक्र्सद्वारा संचालित रक्तसञ्चार केन्द्रले निश्पक्ष रहि सबैलाइ एकसमान सेवा पुरियाउदै आएको कुरा समेत निकै उल्लेखनीय रहेकोमा दिवसको अवसरमा सबै सहभागीहरुलाई बधाई व्यक्त गरे ।
अन्तमा कार्यक्रमको समापन गर्दै एसोसिएसनका सचिवले रगतको कमिलाइ पुर्ती गर्ने यात्रामा हामी मात्र होइन रक्तदान गर्ने संस्था र रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था साथै हातेमालो गर्ने रेडक्र्सको समन्वय बिना केही सम्भव नहुन सकेकोले हामी सबै रगतको यात्रामा निस्पक्ष एवं निस्वार्थ रुपले आउने दिनमा समेत हातेमालो गर्दै बिरामिको जीवन जोगाउनमा साथ साथ हुनेछौ भनी अपेक्षा राख्दै सबैलाइ बिश्व रक्तदाता दिवसको शुभकामना ब्यक्त गर्दै कार्यको समापन गरे । घण्टाघरमा संचालित उक्त कार्यक्रममा बिमला तिमिल्सिना, प्रभाकर गुप्ता, दिलिप राज कार्की, उमेश मिश्र, अनिसकान्त कुश्वाहा, कमलेस कुश्वाहा, बिरेन्द्र शाह, देवेस गुप्ता, अजय शर्मा, सतिश सिह राज्पुत, आकाश चौहान, बिकाश चौहान,प्रवाकर चौरसिया, सिद्धान्त चौहान,शेष हजरा, सिवम केडिया, दिलपाल शाह, र कार्यक्रम संचालन एसोसिएसनका उमेस गुप्ताले गरेका थिए भने भोलेन्टिय समुह बिरगंजका श्याम गुप्ता, पीयूष कादमियाले सहकार्य गरेका कुरा आकस्मिक रक्तदाता समुहका सचिव राजन श्रीवास्तवले जानकारी दिए।