ड्राइभिङ्ग स्कुल संघद्वारा जरिवाना छुटकाे मांग

22

सन्तोष रंजितकार
बिरगंज, असार १।
ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ ले सवारी र लाईसेन्सको करमा जरिवाना छुट गर्न अनुरोध गरेका छन् ।

लकडाउन खुकुलो भए पछि ३०/३५ दिन भित्र सवारी र लाईसेन्स कर बुझाउन जाँदा कुनै किसिमको जरिवाना नलिन संघका अध्यक्ष अकलेश शाह नेतृत्व मा गएका टोलिले नारायणी यातायात ब्यवस्था कार्यालयका प्रमुख शुशिल साह सँग आग्रह गरेका हुन।

नारायणी यातायात ब्यवस्था कार्यालय का प्रमुख शुशिल साह सँग संघको टोलिले भेटेर लकडाउन अवधि भर सेवाग्राही लाई जरिवाना नलिन आग्रह समेत गरेका थिए साथै सेवाग्राहीलाई कुनै किसिमको दुःख नदिन अनुरोध गरेको थिए ।

कार्यलय प्रमुख साहले पनि प्रदेश २ को मन्त्रालयसँग जरिवाना न लिन आग्रह गर्ने आश्वासन दिनु भएका थिए । यदि जरिवाना लिए को खण्डमा कडा भन्दा कडा आन्दोलन समेत गर्ने संघले चेतावनी दिएका हुन।

संघका प्रदेश उपाध्यक्ष गौरव क्षेत्रि, प्रदेश सल्लाहकार बिमल अधिकारी, प्रदेश सदस्य दिपक श्रेष्ठ, रामकुमार पटेल लगायतको सहभागीता रहेको थियो ।