थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२११ पुग्यो

5

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४५१ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ४१६ पुरुष र ३५ जना महिलालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।

यो संगै कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । जसमा ५ हजार ७४० पुरुष र ४७१ महिला रहेका छन् । देशभर ७३ जिल्लामा संक्रमण फैलिएको छ । आज ३० जिल्लाका व्यक्तिलाइ संक्रमण पुष्टि भएको छ जसमा दैलेखका ९१, सुर्खेतका १९, मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका २, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्यूठानका ३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका ३, गुल्मीका ९, सुनसरीका ३, झापाका १, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, रुपन्देहीका १२, धादिङका ९,सर्लाहीका २३ र सिराहामा ४ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या १०४१ पुगेको छ जसमा छ ९३७ पुरुष र १०४ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ३८ हजार ६८३ जनाको परीक्षण भएको बताउनुभयो ।

हालसम्म आरडीटिबाट २ लाख १९ हजार ३३६ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ८ हजार ६१५ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ५ हजार १५१ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यस्तै प्रवक्ता गौतमले पोखरामा एक प्रयोगशाला थप भएको छ । यो सहित देशभर २२ प्रयोगशालाबाट कोरोना परीक्षण हुने भएको छ ।