थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

13

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा  गरी ३८० जनालाई कोरोना भाइरस रोेग(कोभिड १९)को पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस बिफिङका क्रममा ३८० लाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो।

यो संगै कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार मंगलबार ११७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक हजार ४१ पुगेको छ।