प्रदेश सभासद पटेलद्वारा सडक ढलानको शिलान्यास

5

वीरगंज, ३ असार ।
लकडाउन खुकुलो भएपछि विकास निर्माणका कार्यहरुले तिब्रता पाएको छ । कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषण गरेको लकडाउनको कारण वार्षिक विकास निर्माणका कार्यहरु रोकिएका थिए । आर्थिक बर्षको अन्तिम महिना भएको कारणले पनि बन्दाबन्दीबाट प्रभावित भएका विकास निर्माणहरुलाई संघीय, प्रदेश तथा स्थानिय सरकारहरुलाई अहिले निर्माण कार्य सम्पन्न गर्न चटारो लागेको छ ।
त्यसैगरी प्रदेश सभासद रमेश पटेलले वीरगंज महानगरपालिकाको वडा नम्बर २४ को बहुअरीमा निर्माण हुन गइरहेको सडक ढलान कार्यको बुधबार शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्याक्रममा बोल्दै प्रदेश सभासद पटेलले गाउँ देखि सहरसम्मको सबै सडकहरुलाई पक्कि सडक बनाउने प्रदेश सरकारको मुख्य लक्ष्य रहेकोले आफुले विकास निर्माणलाई तिब्रता दिएको बताउनु भयो । भौतिक विकासलाई जोड दिदै प्रदेशको जनताको जनजिवनलाई सहज बनाउन सकिने उहाको भनाइ रहेको थियो । सो सडक ढलान प्रदेश सभासद कोषबाट ५० लाखको लागतमा निर्माण हुन गइरहेको र सोको जिम्मा स्थानिय श्रीराम सडक निर्माण उपझोक्ता समितिले लिएको छ । शिलान्यास कार्यत्रममा वडा नम्बर २४ का वडा अध्यक्ष दशरथ पटेल, वडासदस्य रामकेश्वर कुशवाहा, उपभोक्ता समितिका शिवशंकर द्विवेदी, विरवल यादव लगायतका उपस्थिती रहेको थियो ।