सखुवा प्रसौनी गाउँपालिकामा ब्रम्हलुट

247

वीरगंज, ३ असार ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले सरकारी बजेटलाई दुहुनो गाई बनाएर व्यापक अनियमितता गरेको घटना उजागर भएको छ ।
‘लकडाउन’ को अवधि मै सिलाईकटाई, ब्युटिशियन, मोटरसाईकल मर्मतको सम्पूर्ण बजेट फोटो खिचेर नक्कली बिल भर्पाइ बनाई २४ लाख झ्वाम्म पारेका छन् भने क्वारेन्टाइन व्यवस्थापनको नाउँमा २५ लाख रुपैया भ्रष्टाचार गरेका छन् । छोरी शिक्षा बिमा कार्यक्रममा तिन लाख, इद मिलनमा तिन लाख, होली मिलनको नाउँमा पाँच लाख रुपैयाको अनियमितता जयसवालले गरेका छन् ।
आफ्नो गाउँपालिकाको महुवन देखि घुसुकपुर, औराहामा २० लाखको लागतमा नाला, लखनपुरमा २३ लाखको लागतमा ढलान सडक, आफ्ना आसेपासेलाई बाँडेर असारे विकासको नाउँमा ब्रम्हलुट मच्चाएको पोल समेत खुलेको छ ।
लकडाउनको अवधि मै २ वटा खसी काटेर आफ्ना शुभचिन्तकहरुलाई वडा नं. १ को सिद्धपुरमा भव्यभोजको आयोजना गरेका थिए । सो भोजमा इलाका प्रहरी कार्यालय पटेर्वाका प्रहरी निरिक्षक दीपक चोरवार पनि सहभागि रहेका थिए ।
अहिले असार मसान्तको मौका छोपी व्यापक अनियमितता भइरहेको नेकपाका युवा नेता यसवन्त यादवले बताएका छन् ।