थप ६७१ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ७८४८ पुग्यो

11

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ६७१ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो अहिले सम्मकै सर्वाधिक संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ५९१ पुरुष र ८० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो संगै कोरोना संक्रमितको संख्या ७ हजार २२९ पुगेको छ । जसमा ७ हजार २२९ पुरुष र ६१९ महिला रहेका छन् । देशभर ७४ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।