मे.सु उपाध्याय विरुद्ध सुनियोजित षडयन्त्र

25

वीरगंज, ४ असार ।
कोरोना महामारीको विरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेका चिकित्सकहरुको कमाण्डरलाई नै हुंदै नभएको घटनामा जर्बजस्ती बदनाम गर्न खोज्ने प्रयत्न भएको देख्दा बुद्धिजिवीहरु आश्चर्य चकित भएका छन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशिका बमोजिम कर्मचारी भर्नाका लागि अख्तियार प्रत्यायोजन गरेपछि नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले चैत्र महिनाको पहिलो साता विभिन्न २७ पदमा ५८ जनाको लागि सूचना प्रकाशन गर्न लगाएका थिए । करार सेवाको लागि डाक्टर र स्वास्थ्यकर्मीहरुको लागि २१ दिने सो सूचनाको बिचमै नेपाल सरकारले लकडाउन शुरु गर्‍यो ।

इच्छुक व्यक्तिहरुले आ–आफ्नो योग्यता अनुसारको पदमा दरखास्त दिन पाएनन् । त्यसकारण लकडाउन खुल्ने बित्तिकै पुरानो सूचना प्रकाशित गर्ने बित्तिकै मे.सु. उपाध्यायलाई बदनाम गराउने तत्वहरुले झुठको खेती गरेर आम जनमानसलाई भ्रमित गर्न असफल प्रयास गरेको नारायणी अस्पतालमा एक चिकित्सक बताउंछन् ।

कोरोना महामारी विरुद्ध बारा, पर्सा र रौतहट तिनै जिल्लालाई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका मदन उपाध्यायसंग यस विषयमा बुझ्दा उनले साथीभाईहरुले नबुझी समाचार प्रति आफ्नो कुनै टिका टिप्पणी नभएको भन्दै अहिलेसम्म आफ्नो सरुवा नभएको तर कर्मचारी भएकोले सरकारले खटाएको जुनसुकै ठाउँ आफु जान तयार भएको बताउनु भयो ।