नेविसंघ पर्साद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई उपहार

14

संतोष रन्जितकार
वीरगंज, ५ असार ।
नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की मार्फत सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई उपहार पठाएको छ ।
कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै प्रभावित र क्रासित छ । कोरोना विरुद्धको संघर्षका त्रममा नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भिरतापूर्वक ध्यान नदिएको कारण यो महामारी तिब्र गतिमा बढ्दै गइरहेको नेबि संघले आरोप लगाएको हो । त्यसैगरी लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै गइरहेको अवस्थामा सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले जनतालाई ईम्युनिटी बढाउन अदुवा, बेसार र लहसुन खान प्रेरित गर्नु भएको हुदा यदि यी बस्तुहरुले ईम्युनिटी बढाउने हो भने सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सु–स्वाथ्य लाभको कामना गर्दै तथा प्रधानमन्त्रीको ईम्युनिटी बढाउन नेवि संघ ठाकुरराम क्याम्पस ईकाई समितिले अदुवा, बेसार र लहसुन उपहार स्वरुप पठाएको अध्यक्ष मनोज कुमार साहले जानकारी दिए ।
सो टोलीमा नेबि संघका युवा नेता धिरज गुप्ता, बिनोद पाण्डे, अन्जन गुप्ता, उपेन्द्र यादव, राहुल शर्मा, राजीब गुप्ता, राजा गुप्ता, जयप्रकाश ठाकुर, राम महतो, भुपेन्दर यादव र नेबि संघका जिल्ला सदस्य राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।