नेवि संघ पर्साद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

23

संतोष रन्जितकार

वीरगंज, ६ असार ।

नेपाल विद्यार्थि संघ जिल्ला पर्साले शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको ने बि संघ पर्साका कर्यबाहक अध्यक्ष बिकेश पटेलले बताए ।

कोरोना भाइरस महामारीको समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकाहरुलाई रक्तको अभाव नहोस भनी शनिबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा १०१ जनाले रक्तदान गरेका थिए भने ने का. पर्साका सभापति अजय द्विवेदी ज्यु ले धन्यवाद दिदै प्रमाण पत्र बितरण गर्नु भएकाे थियोे ।

ने बि संघ पर्साका कर्यबाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अथिती ने का. पर्साका सभापति अजय द्विवेदी, बिशिस्ट अतिथि जिल्ला सचिव श्याम पटेल, नगर कार्यसमिति सदस्य अर्बिन्द गुप्ता, जिल्ला सदस्य रोशन लामिछाने , रामबाबू पटेल, किशन संघ का केन्द्रिय सदस्य बिरेन्द्र यादव ,रामनारायण कुर्मी, ने बि संघ जिल्ला उपाध्यक्ष सन्जिव मिश्रा, ने बि संघ पुर्व केन्द्रिय कोषाअध्यक्ष बैकुण्ठ श्रीवास्त्व, ने बि संघ निबर्तमान केन्द्रिय सदस्य सुधीर पटेल ,बद्री नारायण तिवारी , ठाकुराम इकाई अध्यक्ष अजय कर्न, ने बि संघ नगर अध्यक्ष विवेक गुप्ता, सुमिर पाण्डे, मन्जिव मिश्रा लगायत नेताहरु र बिद्यार्थीहरुकाे उपस्थिति रहेको थियोे ।