नागरिकता संशोधन विधेयक प्रति नेकपाको निर्णय विरुद्ध जसपाकाे प्रदर्शन

16

सन्तोष रंजितकार
बिरगंज, असार ७ ।
बिरगंज घण्टाघर नजिक नागरिकता विधेकमा सत्तारुढ दल नेकपाले गरेको निर्णय विरुद्धको जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर कमिटिले बिरोध गरेकोे छ । सत्तारूढ दल नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल भारतको सदियो देखिको बेटी रोटी सम्बन्धमा खल्ल पुरयाउने भन्दै नागरिक संशोधन विधेक खारेजीको मांग गर्दै जनता समाज वादी पार्टी वीरगंज महानगर कमिटिका युवाहरुले बिरोध पर्दर्शन गरेका छन।

बिरगंज घण्टाघर नजिक बिरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले यो विधेकले नेपाली र भारतीय जनताबीच युगौं युग देखि कायम रहेको ले सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई भत्काउने र नकारात्मक असर पर्ने भएकोले नागरिकता संशोधन विधेक खारेज गर्नु पर्ने पर्दर्शनकारीहरु मांग रहेको थियोे ।

उनीहरुले महिला माथि विभेद, अत्याचार बन्द गर रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन मधेशीमाथिको अत्याचार बन्द गर केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजी लगाउँदै नागरिकता विध्येक संशोधन फिर्ता गर्न मांग गर्दै बिरोध प्रदर्शन उत्रीएको हो ।

तत्कालिन समाजवादी पार्टी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वरचन्द्र यादवले नेकपाले गरेको यो निर्णयले विदेशबाट विवाह गरी आउने महिलाले अझ बढी लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता भोग्नु पर्नेछ र तिनका सन्तानहरुले पनि दुखद् स्थिति भोग्नु पर्ने भएकोले यस्ता मधेश बिरोधी नागरिकता संशोधन विधयक खारेज गर्नु पर्ने बताएका थिए । उनले तत्काल नागरिकता संशोधन ऐन खारिज नगरिए आफूहरु सडक र सदन दुबै ठाउँ बाट बिरोध गर्ने चेतावनी समेत दिए ।

अध्यक्ष ईश्वरचन्द्र यादवको नेतृत्वमा भएको प्रदर्शनमा तत्कालिन समाजवादी पार्टीका उपाध्यक्ष शेख रुस्तम, सचिव संदिप श्रीवास्तव, सह–सचिव फिरोज अंसारी, पर्सा क्षेत्र नं. १ का सांसद प्रतिनिधी घनश्याम गुप्ता, नगर समिति सदस्य समसाद अंसारी, वीरगंज महानगर युवा कमिटीको उपाध्यक्ष , विधार्थी जिल्ला अध्यक्ष एजाबाबु राँकी,तत्कालिन समाजवादी प्रदेश २ को युवा सचिव मनोज यादव, ठाकुर राम एकाई अध्यक्ष हरेन्द्र साह, बिधार्थी नेताहरु लगायत को सहभागीता रहेको थियो।