नारायणी अस्थाई कोभिड अस्पताल गण्डकलाई स्वास्थ्य सामाग्री वितरण

16

संतोष रन्जितकार
वीरगञ्ज, ६ असार ।
वीरगञ्जको नारायणी अस्थाई कोभिड अस्पताल गण्डकलाई शनिवार स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
यसअघि पनि विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको भाई जान अफ बिरगंजले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्थाई गण्डक कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्यकर्मीहरु जोखिम उपचारमा सक्रियपुर्वक लागिरहेका छन् ।
सोही अवस्थामा आफुले प्रदान गरेका स्वास्थ्य सामाग्रीको उपयोग हुनुका साथै अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने अभिप्रायले स्वास्थ्य सामाग्री वितरण गरेको भाई जान अफ बिरगंजले जनाएको छ । सो अवसरमा अस्पताललाई ५ सय पिस सर्जिकल मास्क, २ सय पिस ग्लब्स, ५ लिटर सेन्टाइजर वितरण गरिएको हो ।
यसैविच विभिन्न चोक, पसल, तथा ग्रामिण क्षेत्रमा पुगेर नि:शुल्क रुपमा मास्क वितरण गरेको भाईजान अफ वीरगञ्जका नौसाद अन्सारीले बताउनुभयो हो । सो अवसरमा बाटोमा आवतजावत गर्ने सर्वसाधारण, यात्रु, सवारी चालक, व्यापारी लगायत गरी ८ सय जनालाई मास्क वितरण गरिएको थियो ।