नेपालको झण्डा जलाएको विरोधमा प्रदर्शन, प्रहरीकाे हस्तक्षेप

24

सन्तोष रंजितकार
बिरगंज, असार ७ ।

भारतमा नेपालको झण्डा जलाएको विरोधमा बिरगंज मा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति बिरगंजले गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सा मा राखिएको छ । बिरगंज को मालपोत चोकबाट सुरु भएको बिरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभा मा परिणत भएको थियो ।

कोणसभा सकिने क्रममा प्रहरीले हस्तक्षेप गर्दा धकेलाधकेली हुँदा प्रहरीले महानगर अध्यक्ष सहित २ जना पर्दर्शनकारीलाई नियन्त्रणमा लिएको हो।

बिरोध पर्दर्शन मा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए । खैरुद्दिन हवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सलाउद्दिन अहमद,अयुब मिया, जैनुदिन मन्सुरी, अफरोज आलम ज्याउल हक हवारी,सौकत अली, अनवर मिया धोबी, लगायतकाे सहभागिता रहेकाे थियाे ।