नागरिकता विधेयक विरुद्ध नेबि संघ पर्साकाे प्रदर्शन

37

सन्तोष रंजितकार
वीरगंज,  ८ असार ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको विरोधमा वीरगन्जमा  नेपाली काङ्ग्रेस आबद्ध ने.बि संघले विरोध प्रदर्शन गरेकाे छ।

सत्तामा भएको पार्टीले निर्णयलाई सच्याउन माग गर्दै विभिन्न प्लेकार्ड उल्लेखित `महिला अंगीकृत नागरिकता सम्बन्धि निर्णय खारेज गर´`नेबि संघ एकता जिन्दावाद´ `भ्रष्टाचारी सरकार मुर्दावाद´ `जहाँ नारीको सम्मान हुन्छ त्यहा इश्वरको बाँस हुन्छ´ `जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमीको रक्षा गर्न सक्दैन´ `महिला अधिकार खोस्न पाइदैन कम्युनिष्ट सरकार चाहिदैन´ भन्ने नाराहरु सहित विरोध प्रदर्शन गरेका थिए ।

कार्यक्रम नेबि संघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा भएको प्रदर्शनमा उपाध्यक्ष सन्जिब मिश्रा, सह-सचीव दिपक पटेल, पर्सागढी नगरसभापति मन्जिब मिश्रा, जिल्ला सदस्य बिटु अहमद , रन्जन राम, सन्जिब राम, प्रवना पटेल लगायतको सहभागिता रहेको थियोे ।