जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा नागरिकता विधेयक बिरुद्ध प्रदर्शन

66

संतोष रन्जितकार
वीरगंज, ९ असार ।
जनता समाजवादी पार्टी नेपाल पर्साले वीरगंजको घण्टाघरमा नागरिकता विधेयकको बिरुद्धमा प्रदर्शन गरेको छ । संघिय समाजवादी पार्टीका नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा मंगलबार पार्टीका नेता कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै नागरिकता विधेयक तत्काल फिर्ता लिनु पर्ने माग समेत गरेका थिए ।

बिरोध कार्यक्रममा पार्टीका नेता राजेशमान सिंह, जगदिश पटेल, राजेश साह, प्रभु यादव, रामचन्द्र पंडित, तबरेज अहमद, पुरुषोतम झा, महिला नेतृ रम्भा मिश्रा लगायत पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
जनता समाजवादी पार्टी नेपाल पर्साले सोमबार पनि वीरगंजको घण्टाघरमा प्रदर्शन गरेको थियो । पार्टीका नेताहरुले सरकारले नागरिकता विधयेक फिर्ता नलिए सडक देखि सदनसम्म कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।