व्यवस्थित वीरगंज र ग्रीन सिटीद्वारा कोभिड–१९ बारे जनचेतना

25

संतोष रन्जितकार
वीरगंज, १० असार ।
व्यवस्थित वीरगंज र ग्रीन सिटी आदर्शनगरले दोस्रो चरणको जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको कोभिड–१९ बाट कसरी सुरक्षित हुने भन्ने बारेमा सो जनचेतना कार्यक्रम गरिएको हो ।
सो जनचेतना कार्यक्रम वीरगंजको घण्टाघरबाट शुरु भई मिनाबजार माइस्थान हुदै पुन: घण्टाघरमा आएर सम्पन्न भएको थियो ।
वीरगंज आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको सहकार्यमा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा उपस्थितिमा सडकमा हिड्ने बटुवा, पसलका ग्राहक र अन्य बजार गर्ने मानिसहरुलाई कोभिड–१९ बाट सुरक्षित रहने उपायहरुको बारेमा बताइएको थियो । सो सन्दर्भमा जथाभावी रुपमा सवारी साधन पार्किङ नगर्न नगराउनु भनी आम नगरिकलाइ कार्यक्रम अन्तर्गत सम्झाइएको थियो र धजय को नियमको पालना गर्न समेत आग्रह गरिएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक कमलराज पण्डित, व्यवस्थित वीरगंज अभियानका दिलिपराज कार्की, ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतान, भोलेन्टिएर समुहका रजन श्रीवास्तव, स्प्रीट क्लबका ओशन गुप्ता, निशा गुप्ता, रेश्मा हरलाल्का, समाज परिवर्तनका अखिलेश साह, युवा वचनका पियुस कादमिया, लायन्स क्लबका अनुप अग्रवाल लागायतको उपस्थिति रहेको थियो ।