प्याब्सन, एन प्याब्सन र हिसानद्वारा महानगरपालिकामा ज्ञापन

36

संतोष रन्जितकार
वीरगंज, ११ असार ।
निजि तथा संस्थागत विद्यालयाहरुको संगठन प्याब्सन, एन प्याब्सन र निजि कलेजहरुको संगठन हिसानले संयुक्त रुपमा शैक्षिक क्षेत्रहरुमा कोरोना महामारीका कारण परेको आर्थिक भारलाई कम गर्नका लागि सहजिकरण गरी दिनहुन भन्दै वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
प्याब्सन,एन प्याब्सन तथा हिसानले कोरोना महामारीको संकटका बेला पुरै क्षेत्र प्रभावित भइरहेको बेलामा निजी शैक्षिक क्षेत्र पनि अछुतो नरहेको बताउदै बैंकको ब्याजमा सहुलियत तथा आर्थिक अवस्था सबल भएको अभिभावकहरुबाट उपलब्ध हुन सक्ने गत शैक्षिक सत्रको बक्यौता उठाउने लगायतको बिषयमा सहजिकरण गरी दिनको लागि वीरगञ्ज महानगरपालिकालाई गुहारेको छ ।
ज्ञापन पत्रमा विद्यालय तथा कलेज बन्द भएको अवधी भरको बिजली महशुल, टेलीफोन महशुल, घरभाडा, इन्टरनेट महशुल, बैंक ब्याज मिनाहा लगायतको कार्यमा सहजिकरण गरी दिन अनुरोध गरिएको छ ।
बिद्यालय तथा कलेजहरु बन्द रहेको बेलामा समेत कर्मचारी तथा शिक्षकहरुलाई तलब खुवाउनु पर्ने तथा बैंक ब्याजसमेत तिर्नु पर्ने अवस्थाको कारण निजि संस्थागत विद्यालय तथा कजेल धरासाही भएको भन्दै यो क्षेत्रलाई बचाउनको लागि वीरगञ्ज महानगरपालिकालाई पहल गरी दिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको हो ।
ज्ञापत्र पत्र बुझाउन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, नगर अध्यक्ष आलोक चौरसिया, एन प्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरी, हिसानका केन्द्रिय सदस्य डा. लालबावु यादव, जिल्ला अध्यक्ष विनय श्रेष्ठ सहितको टोली वीरगन्ज महानगरपालिका पुगेको थियो । टोलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएको थियो । सो क्रममा वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णको पनि उपस्थिती रहेको थियो ।