नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

34

संतोष रन्जितकार
वीरगंज, १२ असार ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा बिरगंजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा सुश्मा श्रेष्ठ, सुनिता बम्जन, सबाना श्रेष्ठ, प्रदिप चौरसिया, सुरज श्रेष्ठ, मनोज गुरुङ, आनन्द सिंह, मनिष कुमार साह, बिकाश रौनियार, नवराज भट्टराई, मनिष सिंह, अभिशेख सिंह, हरिशंकर साह कलवार, सन्तोष ठाकुर, अनुप गुप्ता, हरेन्द्र प्रसाद बढई, सन्नी सरार्फ लगायतका रहेका थिए ।

बिरगंज उद्योग बाणिज्य संघको भवनको भुई तल्लामा शुक्रबार नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा बिरगंज–५ ले रगतको अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको उपशाखा सचिव लालबाबु सिंहले बताए । प्रमुख अतिथी प्रदिप चौरसियाले पानसमा बत्ती बालेर र आफै रक्तदान गरि कार्यक्रम सुभारम्भ गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा बिरगंज–५ का सभापति श्री नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद कानुको संयोजकत्वमा बिरगंज महानगरपालिका वडा न.५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसियाको प्रमुख आतिथ्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसिया, वडा नं. ११ का वडा अध्यक्ष प्रधुमन सेढाई, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, विभिन्न संघ संस्थाका ब्यक्ती भद्रभलाद्मी लगायत सञ्चारकर्मीको सहभागीता रहेको थियो ।