नेविसंघद्वारा चीन विरुद्ध विरोध प्रदर्शन

22

संतोष रन्जितकार
वीरगंज, १२ असार ।
नेवि संघ पर्साका निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा शुक्रबार चीन विरुद्ध वीरगंजको घण्टाघरमा प्रदर्शन गरेक ो छ । वीरगंजको माईस्थान चोकबाट सुरु भएको विरोध र्‍यालि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । सो र्‍याली घण्टाघर पुग्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत भएको थियो ।
विरोधको क्रममा चाईना मुर्दाबाद, सि.जिन.पिंग. मुर्दाबाद, हाम्रो सिमा मिच्न पाइदैन लगायतका नाराहरु लगाउंदै नेविसंघका कार्यकर्ताहरुले चीनका राष्ट्रपति सि जिन पिंगको तस्बिरमा आगो लगाएर बिरोध गरेका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले गुगलले नेपालको पहिचान सगरमाथालाई चिनमा देखाइ रहँदा पनि नेपालको प्रधानमन्त्री मौन भएको भन्दै बिद्यार्थी नेताहरुले आक्रोश पोखेका थिए ।
अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडियाको आन्दोलन गराउन खोजिएको वक्ताहरुले बताएका थिए ।
कोरोना भाइरसको महामारीका बेला पनि प्रधानमन्त्रीले गैर जिम्मेवार टिक्का टिप्पणी सार्वजनिक गर्दै नागरिकहरु बिच द्वन्द सिर्जना गराउन खोजेको आरोप लगाएका थिए ।
विरोधमा प्रदर्शनमा नेबिसंघ पर्साको कार्यवाहक सभापती बिकेश पटेल, उपाध्यक्ष सन्जिव मिश्रा, सह–सचिव दिपक पटेल (माया), इकाइ अध्यक्ष अजय कर्ण, नगर सभापति मन्जिव मिश्रा, जिल्ला सदस्य राहुल रौनियार लगायतका विभिन्न विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।