नेताहरुले लोकतान्त्रिक गणतन्त्रमा विकासको नाममा लुटतन्त्र मचाएका छन् : केन्द्रिय सल्लाहकार थापा

21

संतोष रन्जितकार
वीरगंज, १३ असार ।
बिर गोरखाली ए.टि.एफ. (ब्लथ त्ष्mभ ँयचअभ) ले सरकार विरुद्ध र्‍याली प्रदर्शन गरेको छ । भिस्वाको त्रिशुल चौकबाट शुरु भएको विरोध र्‍याली बसपार्क, घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुंदै पुन: घण्टाघरमा आएर समापन भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को कारणले सरकारले लागु गरेको लकडाउनको समय होस् वा लकडाउन खुकुलो भएको अवस्थामा देशभरी नै सरकारले गरेको कामको आलोचना, देशमा भएको भ्रष्टाचारीको विरुद्धमा विभिन्न संघ संस्था नागरिकहरुले विरोध प्रदर्शन गर्दै अँइरहेको छन् ।


सोही क्रममा शनिबार बिर गोरखाली ए.टि.एफ. (Any Time Force) को आयोजनामा वीरगंजको भिस्वा त्रिशुल चौकबाट बिर गोरखाली ए.टि.एफ. का केन्द्रिय सल्लाहकार बिरेन्द्र थापाको संयोजकत्वमा विरोध प्रदर्शन र्‍याली निकालिएको छ ।
ए.टि.एफ.का प्रदर्शनकारीहरुले एम.सि.सि. खारेजीको माग राख्दै राजा आउ देश बचाउ, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद, राजासहितको सनातन हिन्दु राज्य कायम गर, राजा प्रजा एक हौं लगायतका नारा लगाउंदै विरोध प्रदर्शन गरेका थिए । ए.टि.एफ.का केन्द्रिय सल्लाहकार थापाले विरोध प्रदर्शनमा नेताहरुले लोकतान्त्रिक गणतन्त्रमा विकासको नाममा लुटतन्त्र मचाएको भन्दै देशमा विकास हुन नसकेको र देशको विकासको गर्नको लागि राजतन्त्र आवश्यकता रहेको बताएका थिए ।
सो कार्यक्रममा संजो श्रेष्ठ, बिजय श्रेष्ठ , वीरेन्द्र गुप्ता , हरिओम पुरी, अब्दुल सत्तार, राज किशोर चौबे, अनु राणा, बिलोद प्रजापति लगायतको उपस्थिती रहेको थियो ।