राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना

35

संतोष रन्जितकार
वीरगंज, १३ असार ।
जननेता कमरेड मदन भण्डारी ज्युको ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगंजको घन्टाघर अगाडि रहेको बिपि उधानको खाली जग्गामा शनिबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले पहिले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
सो रक्तदान रक्तदान कार्यक्रममा ३ महिला सहित ११३ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अकलेस साह, हेमन्त तामाङ, वृजलाल पासवान, तिवारी यादव, मुकेश पाल, शिवशंकर यादव, राहुल केसरी, वडा नं. ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, अशगत अलि, अलि हुसेन, बाबुराम खनाल लगायतका रहेका थिए । राष्ट्रिय युवा संघको संयोजक महमद नेजामको अध्यक्षतामा र नेकपा पर्साका संयोजक प्रभु हजराको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, किशोरी कुशवाह, रामबाबु बैठा, बाबुराम कौशिक, संविधान सभा सदस्य राजकुमार गुप्ता, पार्टीका नेता नवराज शर्मा, अरबिन्द सिंह, बलराम साह, शिवजी साह, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जरा लगायत युवा संघका पदाधिकारीहरु र पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
विद्यार्थी नेता ओमप्रकाश गुप्ताको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण पिन्टु रौनियारले गरेका थिए ।