नेपाल नाई संघ र नेपाल ब्युटिसियन संघ पर्साद्वारा ६ बुंदे माग राख्दै विरोध प्रदर्शन

43

संतोष रन्जितकार
वीरगंज, १४ असार ।
नेपाल नाई संघ जिल्ला समिति पर्सा बिरगंज र नेपाल ब्युटिसियन संघ पर्साको संयुक्त आयोजनामा बिरोध कार्यक्रम गरिएको छ । आइतबार वीरगंजको घण्टाघरमा नेपाल नाई संघ पर्साले ६ बुन्दे माग राखी बिरोध प्रदर्शन गरेको हो ।
नेपाल सरकारद्वारा नि:शुल्क स्वास्थ्य सामाग्रीको व्यवस्था गरि तत्काल सैलुन तथा पार्लरहरु खुल्ला गर्ने घोषणा गरियोस, लकडाउन अवधिको पसलको भाडामा छुटको व्यवस्था गरियोस, बैंक ऋणको व्याज मिनाहा गरियोस, तुरुन्त राहतको व्यवस्था गरियोस, नि:शुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस, नि:शुल्क कोरोना जाँचको व्यवस्था गरियोस लगायतका मागहरु उनिहरुको रहेको नाई संघ पर्साका अध्यक्ष नेसार अहमदले बताए ।
कोरोनाको महामारीले गर्दा सैलुन भन्द भएको ४ महिना हुन लाग्यो, अहिले सबै पसलहरु खुली सक्यो तर सैलुन र पार्लर खुलाउन सरकारले कुनै पहल नगरेकोले त्यसको बिरोधमा हामी धर्ना कार्यक्रम गर्नु परेको नेपाल ब्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापाले बताइन् ।
वीरगंज महानगरपालिका भित्र रहेका ५ सय भन्दा बढी कपाल काटने सैलुन र ब्युटिपार्लरहरुद्वारा बिरोध प्रदर्शन गर्दै नेपाल सरकारको ध्यान केन्द्रित गर्न एक घण्टा शान्ति पुर्वक चक्का जाम समेत गरेका थिए ।
नेपाल नाई संघका जिल्ला अध्यक्ष निसार अहमदको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाल नाई संघको केन्द्रिय उपाध्यक्ष सियाराम नेपाली, प्रदेश नं.२ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ठाकुर, नाई संघ पर्साका सचिव चन्दन ठाकुर, धिरेन्द्र ठाकुर, नेपाल ब्युटिसियन संघ पर्साका उपाध्यक्ष राधा शर्मा, सचिव मन्दिरा राउत, राधा हमाल लगायतको उपस्थिति रहेको थियो ।