चीनमा काेराेनाकाे दाेस्राे लहर,हिबेई प्रान्तमा कडा लकडाउन

0
एजेन्सी

चीनले राजधानी बेइजिङ नजिक हिबेई प्रान्तमा कारोना भाइरस संक्रमण देखिएपछि कडा लकडाउन गरेको छ । यो लकडाउनका कारण करिब ४ लाख मानिस प्रभावित हुनेछन् ।

गत वर्षको डिसेम्बरमा चीनबाट नै कोरोना भाइरस संक्रमणको सुरवात भएको थियो । तर, चीनमा केही महिनादेखि कोरोना संक्रमणमा कमी आएपछि लकडाउन खोलिएको थियो ।

संक्रमणको दोस्रो लहरको आशंकामा सरकारले सतर्कता अपनाएको हो ।लकडाउनका समयमा सो क्षेत्रमा अत्यावश्यक सामान किन्नेहरूलाई मात्रै घरबाहिर जान दिइने बताइएको छ ।

सो क्षेत्रमा प्रवेश गर्न कसैलाई पनि दिइने छैन । अधिकारीहरूले नियम उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने बताएका छन् ।