न्याय खोज्दा पिडित कुटिए

15
सत्येन्द्र प्रताप सिंह
रौतहट असार १५ : 
असार ६ गते गाडीले एकजना बालकलाई ठक्कर दिएको भएपनि ठक्कर दिने गाडी प्रहरीले आजसम्म नियन्त्रणमा लिन सकेको छैन । रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डको हर्साह चोकमा गत असार ६ गते नम्बर नखुलेको पिकप गाडीको ठक्करबाट स्थानीय बासिन्दा राम उदय सिंहका ८ बर्षकी छोरी निभा कुमारी सिंह गम्भिर घाईते भएकी थिईन् । उनको वीरगंज स्थित नेशनल मेडिकल कजेजमा उपचार भईरहेको र अवस्था चिन्ता जनक रहेको घाईतेका आफ्न्त दिपेन्द्र सिंहले जानकारी दिएका छन् । ती बालिकालाई ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिन नसक्दा प्रहरी प्रशासनको चुनौतीको विषय बनेका छ । पिडित परिवारले शनिबार चन्द्रनिगाहपुर गौर सडक खण्डमा केहीबेर सवारी संचालनमा अवरोध गरेका थिए । अवरोध पछि ईलाका प्रहरी कार्यलय गरुडाबाट आएको प्रहरी टोलीले घाईते बालिकाका बाबु राम उदय सिंहलाई कुटपिट गर्दै केहीबेर आफ्नो नियन्त्रणमा लिएका थिए । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले ठक्कर दिने सो गाडीको  खोजी भईरहेको जानकारी दिएका छन् । सो गाडीमा गरुडाका ट्राफिक असई रामनरेश दासले घटना भएको दिन गरुडाबाट आफ्न्त चढाएर पठाएको भएपनि उनले गाडी नम्बर पत्ता लगाउन नसकेको भन्दै पिडितले आपत्ति जनाएका छन् । पिडित परिवारले न्याय माग्दा उल्टै घाईते बालिकाका बाबुलाई निर्घात कुटपिट गरेको गुनासो गरेका छन् ।