भारत सरकारद्वारा टीकटकसहित ५९ चिनियाँ एप प्रतिवन्ध

15

बिरगंज

भारत र चीनबीच जारी तनावकै समयमा सोमबार भारतले चीनका ५९ वटा एपहरुमा प्रतिवन्ध लगाएको छ। भारतको यो घोषणासँगै सामाजिक संजालमा चर्चित रहेको टीकटक सहितका ५९ एप भारतमा सोमबारदेखि डाउनलोड गर्न सकिने छैन। भारत सरकारको यो घोषणालाई चीन बिरुद्ध डिजीटल स्ट्राइकको रुपमा भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।

टीकटक, यूसी ब्राउजर, वीमीट, वीच्याट, शेयर इट, लाइकी लगायतका भारतमै लोकप्रिय चीनमा निर्मित एपहरु भारतले भारतभर चल्न नमिल्ने गरेको हो। यि एपहरुका माध्यमबाट भारतीय नागरिकहरुको डाटा चीनबाट सुरक्षित हुन नसक्ने भन्दै भारतले ५९ चिनियाँ एपहरुमा प्रतिवन्ध लगाएको भारतीय मिडियामा उल्लेछ।

भारत सरकारको यो घोषणासँगै अब भारतभर ति ५९ एपहरुको डाउनलोड हुन सक्ने छैन।

भारतीय साइवर स्पेस र इन्टरनेट प्रयोगकर्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै ति एपहरुमा प्रतिवन्ध लगाएको भारत सरकारले जनाएको छ।