यथास्थितिको लकडाउनलाई साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

13

काठमाडौं :

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले अन्नपूर्ण अनलाइनसँग भने। ति मन्त्रीका अनुसार अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ।

सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।