राहत वितरणमा विवाद चर्केको कारण राहत फिर्ता

13

संतोष रन्जितकार
वीरगंज, १५ असार ।
बिरगंज प्रदेश न. २ अन्तर्गत घरेलु तथा साना उधोग कार्यालय पर्साले मिती बैशाख २८ गते को भरपाई बमोजिम वडा न १६ मा २०० जना घरपरिबार दैनिक ज्याला मजदुरी गर्ने मजदुर गरिब तथा आर्थिकरुपले बिपन्न भएकालाई पहिलो प्राथमिकतामा राखी वितरण गर्ने दिएको राहत वितरणमा बिबाद चर्केपछि राहत फिर्ता पठाएको छ ।
प्राथमिकतामा रहेका अति बिपन्न वर्गहरुलाई कुपन प्रणाली मार्फत मिती ज्येष्ठ ३२ गते बितरण गर्न खोज्दा लगभग ६०० भन्दा बढी संख्यामा सहभागी व्यक्तीहरुले हामी पनि उत् समुह वर्ग भित्र पर्दछौ र हामीलाई पनि राहत चाहिन्छ, भन्दै दाबी गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । स्थिती समान्य बनाउन प्रहरी प्रशासन परिचालन समेत भएको थियो । राहत बितरणमा बादबिबाद झै–झगडा हुनुभन्दा राम्रो राहत फिर्ता गर्ने निर्णय बमोजिम फिर्ताको लागी सहयोग गरिदिन सम्बन्धमा नगर कार्यपालिकालाइ आधिकारिक पत्र मार्फत वडा अध्यक्ष बिनिता देवीले पठाएको पत्र अनुरुप सोमबार राहत समाग्री फिर्ता गरिएको हो ।
२०० जनालाइ दिने राहत अतिआवश्यक वर्गका समुदायलाईलाई दिन सकिन्थयो भन्दै स्थानीय बुद्धिजीवीहरुले जनप्रतिनिधीमाथी आरोप लगाएका छन ।