संघीय सरकारले नागरिकता विधयेक ल्याई मधेसी समुदायमा बिभेद गर्न खोजेको प्रदेश सांसद सिन्हाको आरोप

21

सत्येन्द्र प्रताप सिंह
रौतहट, १४ असार ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं २(क) नेपाली कांग्रेसबाट निर्वाचीत हुनु भएको प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले हालहीमा नागरिकता विधेयकलाई मधेशीसंग विभेद गरेको आरोप लगाएका छन् ।
नेपाल मा ५०% भन्दा बढी जनसंख्या मधेसी समुदायको रहेको छ र प्रत्येक परिवार खास गरी छिमेकि राष्ट्र भारतमा यूगौ यूग देखि अहिले सम्म वैवाहिक सम्बन्धमा बाधिएको छ । भारतसंग हाम्रो बेटी रोटीको सम्बन्ध रहेको छ ।
यो नागरिकता विधयेकले सो सम्बन्धलाई धमिलो पार्ने काम गरेको छ । यस कारण देशमा बसोबास गर्ने सबै समूदायको मनोभावनालाई ध्यानमा राखी यो नागरिकता विधयेक सच्याउने तर्फ जानको लागि यो सरकारको ध्यानाकर्षण गराउन खोजेको सांसद सिन्हाले बताए ।
मधेशमा नागरिकताको विषयमा कती चोटी आन्दोलन भई जन धनको व्यापक क्षती समेत भएको छ, र यो नागरिकता विधयेकले पनि मधेशमा मधेसीहरूलाई आ–आफनो छोरी बुहारीको हकमा नरहेको देखिन्छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पछि शान्तिका आशा पलाएको हूदा हूदै यो नागरिकता विधयेकले सम्पूर्ण देशवासीलाई नै अशान्तिको अनूभूति भएको महशूस गरिरहेको छ ।
अन्य राष्ट्रबाट विवाह गरी ल्याएको छोरी बूहारीलाई ७ वर्ष सम्म नागरिकता नदिनू, योग्य शिक्षित महिलाहरूको आफ्नो अधिकारबाट बन्चित राख्ने विधयेक हो र यस्तो विभेदकारी विधयेकलाई मधेसी समुदायले कहील्यै पनि स्वीकार गर्न नसक्ने बताएका छन् ।
स्थानीयहरुले संचारकर्मीहरुसँग कूरा गर्दै कोरोनाको मार विश्वले नै खेपी रहेको अवस्थामा जनताको मनोभावना विपरीत विधयेक ल्याई संघीय सरकारको दूष्ट मनोभावना रहेको र यो नागरिकता विधयेकले मधेसीलाई थप पिडीत बनाएको आरोप प्रदेश सांसद सिन्हाको रहेको छ ।