वीरगंजका तीन व्यवसायीद्वारा ४५०० भिटिएम किट महानगरपालिकालाई हस्तान्तरण

10

संतोष रन्जितकार
वीरगंज, १६ असार ।
वीरगंजका तीनजना व्यवसायीले कोरोना भाईरस कोभिड–१९ को परीक्षणमा प्रयोग हुने भीटीएम किट वीरगन्ज महानगरपालिकालाई मंगलबार हस्तान्तरण गरेका छन् ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ मिलेनियमको संयोजनमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका व्यवसायीहरु विशाल पटवारी, निर्मल गुप्ता र केतन गुप्ताले वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ४५०० भीटीएम किट हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि पीसीआर मेशिन खरिद गरेपछि कोरोना परीक्षणका लागि आवश्यक ४ हजार ५ सय भीटीएम किट वीरगंज महानगरपालिकालाई तीनजना व्यक्तिले उपलब्ध गराएको हो ।
वीरगन्ज महानगरपालिकाले खरिद गरेको २० हजार पिस भीटीएम किट भने बुधबार सम्ममा आईपुग्ने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले जानकारी दिनुभयो ।