सिमा शिल तस्करी चालु, जालिम मियाँको प्रयास बिफल

18

वीरगंज, १६ असार ।
वैश्वीक कोरोना महामारीको कारणले गर्दा नेपाल–भारतको सिमा शिल भएतापनि भारतबाट तस्करी गरी ल्याइएको सामान पर्सा प्रहरीले बरामद गरी कारवाही अगाडी बढाएपछि तस्करी भइरहेको तथ्य उजागर भएको छ ।
पर्साको जानकी टोला भन्सार एरिया क्षेत्रबाट प्रहरीले लगभग ५ लाख ३५ हजारको शौचालय सिट, पाइपसेट लगायत सेनेटरीका सामानहरु दशौता गाउँका तस्कर आफताबले भारतबाट ल्याउंदै गरेको अवस्थामा जानकी टोला प्रहरी चौकीका प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि शिल्ड अवस्थामा रहेको सिमामा भइरहेको तस्करीको घटना प्रकाशमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको तस्करीको उक्त सामान वीरगंज भन्सार कार्यालय पर्सामा पठाएपछि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मंसुरीले वीरगंज भन्सार मै पुगेर दबाब दिन थालेपछि वीरगंज भन्सार कार्यालयले पर्सा प्रहरीद्वारा पठाएको सामान बुझ्न मानेको थिएन् । जालिम मियाँले आफ्नो सम्पर्कमा भएका कालाबजारीया वीरगंजका एक व्यापारीद्वारा नक्कली बिल बनाएर वीरगंज भन्सार कार्यालयमा पुगेर बुझाएको नक्कली बिलको बारेमा पर्सा प्रहरीले उक्त व्यापारीको कारोबारबारे खोजबिन शुरु गरेपछि भन्सारमा बुझाइएको नक्कली बिल जालिम मियाँले लिएर भागेको हाम्रो सम्वाद सुत्रले दावी गरेको छ ।
पर्सा प्रहरीले आफुले मुचुल्का उठाएर तस्करीको सामान पठाएको भएतापनि तपाईहरु किन नबुझेको भनेर कडाई गरेपछि हिजो आइतबार राती ८ बजे वीरगंज भन्सारले सो माल बुझेको खबर जिल्ला प्रहरी कार्यालय पर्सालाई दिएको बताइन्छ ।
वीरगंज भन्सारका उपसचिव गोपाल खत्री तस्करहरुको मतियार बनेर लखनउ लुट मच्चाइरहेका कारण भन्सारको लक्ष्य पुरा नभएको बुझिएको छ ।
जालिम मियाँ मंसुरी वर्तमान नेकपा सरकार तथा पर्सा जिल्लाको पश्चिमी भेगका तस्करहरुको मतियार भएकोले अवान्छित गतिविधिमा संलग्न भएर सत्ताको दोहन गरिरहेका छन् । ओली सरकारद्वारा आर्शिवाद प्राप्त जालिम सत्ताको उन्मादमा राष्ट्रसेवकहरुलाई धम्काएर आफ्नो दुनो सोझ्याउने काम गरिरहेको बुझिएको छ ।

साभार: हाम्राकुरा