थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार ४६ पुग्यो

14

काठमाडौं ।

बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ छ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।