धनुषामा मोटर साईकल दुर्घटनामा एकको मृत्यु

4

जनकपुर।

धनुषामा मोटर साईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार ढल्केवर-जनकपुर राजमार्गको महेन्द्रनगर र सपहीको बिचको सडक खण्डमा भएको सवारी दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने सँगै रहेकी महिलाको गम्भीर घाईते रहेको छ।

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्ष पप्पु नायकको अनुसार मोटरसाइकलमा सवार दुबै जनालाई पछाडीबाट कुनै सवारीले ठक्कर दिएर फरार भएको हुन सक्छ । उनीहरु ज ३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार थिए।

महासेठका अनुसार पुरुषको घटना स्थल मै मृत्यु भएको छ भने महिलाको साँस चलिरहेको छ । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । घटना स्थलको प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टम र घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको प्रनि नायकले बताउनुभयो ।