होटेल तथा पर्यटन व्यवसायी संघ पर्साद्वारा प्रजिअलाई ज्ञापन,होटेल व्यवसाय सञ्चालनको वातावरण मिलाउन आग्रह

38

वीरगञ्ज :

सामाजिक दुरी कायम गर्दै होटेल व्यवसाय सञ्चालनको वातावरण निर्माणका लागि पहल गरिदिन भन्दै होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले प्रजिअलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार संघका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटेल व्यवसायीहरुको  टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की समक्ष तिन बुँदे ज्ञापन पत्र बुझाएको छ ।

सामाजिक दुरी काय गर्दै होटेल व्यवसाय तत्काल सञ्चालनका लागि पहल गर्न, लकडाउन अवधि भरिको घर भाडा,बैंक ब्याज,बिजुली,पानी,विद्युतलगायतका महशुल सरकारी स्तरबाटै मिनाहाका लागि पहल गर्न र भाडामा सञ्चालित होटेलहरुको घर भाडा हाल पुर्ण मिनाहा लगायतका विषयहरु समेट्दै ज्ञापन बुझाइएको छ ।

साथै कोभिड १९ को संक्रमण न्युन राख्नका लागि अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीहरु प्रति संघले आभार प्रकट गरेको छ ।