विद्यालयद्वारा विद्यार्थीहरुलाई खाजा भत्ता वितरण

21

मनोज साह
जितपुर बारा, १८ असार ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ५ नगैलमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयले तिन सय साठी जना बिधार्थीहरुलाई खाजा भत्ता बितरण गरेको छ । विद्यालयले सो खाजा भत्ता कक्षा १ देखि ८ सम्मका गरिब, दलित र जेहेन्दार विद्यार्थीहरुलाई बितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति नेकपाका नेता देवनारायण चौधारीको हातबाट स्कुले विद्यँर्थीहरुलाई खाजा भत्ता बितरण गरिएको थियो भने सो कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि अधिकारको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो खाजा भत्ता वितरण कार्यक्रममा विद्यालयका प्राचार्य बिनोद मिक्षर लगायत व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक, शिक्षिका तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।