कोरोना भाइरसले काठमाडौंमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

0

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।उनलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियाे।  हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।