कोरोना भाइरस परिक्षणकालागि आवश्यक पिसीआर किट, रिएजेन्ट किट र भिटिएम आइपुग्याे – मेयर सरावगी

0

सन्तोष रंजितकार
बिरगंज।
महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

परिक्षणकालागि आवश्यक पिसीआर किट, रिएजेन्ट किट र भिटिएम महानगरमा आइपुगेको छ । महानगरको करिब ५६ लाखको लागतमा २ हजार पिसीआर किट ,२ हजार रिएजेन्ट किट २० हजार भिटिएम आएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुामार सरावगीले बताउनु भयो ।

परिक्षण कार्य संचालनकालागि महानगरले नेशनल मेडिकल कलेज र नेपाली सेनासंग जनशक्ति माँग गरेको छ । नेपाली सेनासंग र नेशनल मेडिकल कलेजसंग १० जना प्राविधिक जनशक्ति माँग गरिएको प्रमुख सरावगीले बताउनु भयो । महानगर संग दश जना प्राविधिक टोली तयार छ थप २० जनाको ब्यवस्थान गर्दा दैनीक १ हजार ५ सय जनाको परिक्षण गर्न सकिने गरि ब्यवस्थापन मिलाउने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।

कोरोना भाइरसको परिक्षण र त्यसको रोकथामको क्लिनीकल जिम्मेवारी संघ सरकारको हो । बीरगंज महानगरले पिसीआर मेशिन खरिद ,जडान र परिक्षणकालागि चाहिएको अन्य समाग्रीको ब्यवस्था गरेर सरकारलाई सहयोग गरेको हो ।

बीरगंजका २० प्रतिशत नागरिकको स्वाब परिक्षणकोलागि आवश्यक समाग्री जोडीसक्यौ महानगर प्रमुख सरावगीले भन्नु भयो“अरु पनि ब्यवस्थापनमा लागेका छौ अव त हामीले यत्रो सहयोग गरेपछि प्रदेश र संघ सरकारले पनि सहयोग गर्ने बिश्वास लिएको छु । दैनीक १ हजार पाँच सयका दरले परिक्षण हुदा एक डेढ महिनामा परिक्षण सकेर संक्रमीतहरुलाई आइसोलेट गरि बीरगंजलाई थप चुनौतीमा जान बाट रोक्न सकिने उहाँले बिश्वास ब्यक्त गर्नु भयो ।

बीरगंज महानगरपालिकाले खरिद गरेको रिएजेन्ट किट र पिसीआर किट नारायणी अस्पताललाई उपलब्ध गराइने छ भने भिटिएम महानगरले परिचालन गर्ने स्वास्थ्कर्मीहरुकालागि आवश्यक हुने भएकोले महानगरमै राखिने महानगरप्रमुख सरावगीले बताउनु भयो । एक घर बाट एक जनाको कोराना भाइरसको संक्रमणको परिक्षण गरिने छ ।

त्यो संगै भाडामा बसेका तर बीरगंजमा ब्यापार ब्यवसाय गरेकाहरुलाई पनि परिक्षणको दायरामा ल्याइने महानगरप्रमुख सरावगीले बताउनु भयो । अहिले महानगरले खरिद गरेको किटले १० हजार जनाको स्वाब परिक्षण गर्न सकिने छ ।

महानगरपालिकाको नेतृत्वमा बीरगंजका सैयो नागरिकको कोराना भाइरसको संक्रमण परिक्षण हुने र महानगरलाई जोखिमबाट जोगाउने काम हुदैछ । यस्तोमा नागरिकको सहभागिता साथ र सहयोगको आफूले सदैव अपेक्षा गरेको महानगर प्रमुख सरावगीले बताउनु भयो ।