जी.पी फाउण्डेशनद्वारा शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको शुभ जन्मोत्सवको अवसरमा वृक्षारोपन

21

सन्तोष रंजितकार

वीरगंज १९ असार ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री एवम नेपाली काङ्ग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले विभिन्न प्रजातिका २४३ थान बिरुवाहरु रोपिएको हो । फाउण्डेशनले आप,लिचि,कटहर,निम लगायतका प्रजातिहरुको विरुवा लगाएका हुन ।
जी.पी कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्मोत्सवको अवसरमा त्रि दिवसीय कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेशन पर्साले आज दाश्रो दिन वीरगंजको पानीटंकी तथा ठाकुर रामबहुमुखि क्याम्पसमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ ।
भोली तेश्रो दिन नेपाली पत्रकारिता उदयमान दुई युवा पत्रकारहरुलाई जनही नगद रु २१००० सहित सम्मान गरिने फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिले अंकुश दैनिक लाई जानकारी गराए ।
फाउण्डेशन पर्साले आयोजना गरेको दाश्रो दिनको कार्यक्रमको सभापतित्व मोहम्मद सहाबुदिनले गरेका थिए । हाजी तहुर अंसारी,प्राध्यापक डाक्टर हरेराम ठाकुर,नेपाली काग्रेस महासमिति सदस्य प्रकास उपाध्याय ृमर्दसा बरकतुल उलुमका अध्यक्ष रेयाज अंसारी,र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्य द्धय प्रिति सिह,जितेन्द्र सिंह,बाबु नन्द प्रसाद पटेल, जंग बहादुर पटेल,नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन,प्रेस युनियन पर्साका सचिव किशार सिंह,फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो । नेपाल अपागं संघका जिल्ला अध्यक्ष शम्भु पासवान, युवा नेता महेश पौडेल,सन्तोष मर्हजन,नबाब अलि,कार्यक्रमको सहजीकरण फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।