बिन्दवासनी गाँउपालिका उपमेयर गुप्ताद्वारा पत्रकारहरुलाई खाद्यन्न र स्वास्थ्य समाग्री बितरण

21

वीरगञ्ज १९ असार : 

कोरोना भाईरसको जोखिममा फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारहरुलाई विन्दवासनी गाँउपालिकाका उपमेयर किरण देवी गुप्ताले खाद्यन्न र स्वास्थ्य समाग्री बितरण गरेकि छिन् । विश्वमा माहामारीका रुपमा फैलिएको कोभिड १९ बाट बच्न भन्दै उपमेयर गुप्ताले ईम्युनिटि पावर बढाउने खाद्यन्न र स्वास्थ्य सुरक्षा सामाग्री ११० जना पत्रकारहरुलाई हस्तान्तरण गरेकि थिईन ।

कार्यक्रममा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै  ईम्युनिटि पावर बढाउने, स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले उपमेयर गुप्तालाइ  धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भएको थियो ।