यस्ताे छ आजकाे मौसम पूर्वानुमान !

11

काठमाडाैं ।

शुक्रबार देशका सबै प्रदेशहरुमा माैसम सामान्य बदली रहने र धेरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।