सांसद यादवले गराए मितेरी पुलको मर्मत

0

सन्तोष रंजितकार
बिरगंज ।

पर्साको क्षेत्र नं. १ का सांसद प्रदीप यादवको नेपाल भारत जोड्ने मितेरी पुलको मर्मत गराएका छन् ।

यादवले आफ्नो पाउदैं आएको तलब भत्ताबाट आर्थिक जोहो गर्दै पुलमा ग्रेभल खसाएर मर्मत गराएका हुन् ।
नेपालको मुख्य प्रमुख प्रवेशद्वार शंकराचार्य गेट भन्दा दक्षिण नेपाल–भारत सिमा जोड्ने सो मुख्य पुलको नेपालतर्फको अवस्था एक्दमै जिर्ण भएको छ ।

पुलमा ठूला ठुला खाल्डो भएकोले आवत जावत गर्न सवारी सधान लाई निकै गाह्रो भएको ले सो पुल मा ठूलो दुर्घटना हुन सक्ने भन्दै जन–गुनासो आएको र सामान्य आवत–जावत गर्दा समेत गाडीहरु समेत फस्ने समस्या बढेको ले ग्रेभल खसाई खाल्डो पुरेर तत्कालका मरम्मत सम्भार गराएको सांसद यादवले बताए ।

साथै, नेपाल सरकारले यो विषयमा चासो राखेर छिट्टै पुलको पूर्ण रुप मा मर्मतको कार्य गर्नुपर्ने उनले माग समेत गरे । नेपाल तर्फ पर्ने भाग पूर्णरुपले निर्माण गर्नु पर्ने भन्ने उद्देश्यका साथ सरकारको ध्यानाकर्षण समेत गराउदैं आएको सांसद यादव को भनाइ रहेको थियोे ।